काठमाडौं । सत्ता भागबण्डामा आफ्नो भागमा परेको गृह मन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदै छ ।यसैबीच, सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिने विषयमा कुरा भइरहेको बताएका छन् । माओवादी केन्द्रको आज स्थायी समिति बैठकसमेत बसेको छ ।
प्रचण्डले गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै दिएको दुई दिने अल्टिमेटमबारे कुरा भइरहेको बताउँदै समस्या समाधान हुने बताएका छन् । पार्टी र सत्ता गठबन्धनमा कुरा भइरहेको र उक्त विषय समाधान हुने उनको भनाइ छ ।
प्रतिक्रिया