Logo

खेलकुद

रियल बेटिसलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा



काठमाडौं । रियल बेटिसलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ ले हराएको हो । बार्सिलोनाले १९ खेलबाट ५० अंक बनाएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ४२ अंक छ ।

बार्सिलोनाको जितमा राफिना र लेवान्डोस्कीले गोल गरे । रियल बेटिसलाई जुलेस कुन्डेले एक गोल उपहार दिए ।

बेटिसका गोलरक्षक रुइ सिल्भाले उत्कृष्ट प्रर्दशन गरे पनि टोलीको हार टार्न सकेनन् । उनले गोल खानुअघि उत्कृष्ट तीन बचाउ गरेका थिए ।

खेलको ६५औँ मिनेटा राफिन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८०औँ मिनेटमा रोबर्टो लेवन्डोस्कीले अग्रता दोब्बर पारे । ला लिगाका लागि सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले लिगमा १४औँ गोल गरेका छन् । ८५औँ मिनेटमा जुलेस कुन्डेले आत्मघाती गोल गरे ।

रियल बेटिस अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । खेलको अन्तिम मिनेटमा विलियम कार्भाल्हो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : ५९ बजे