मकवानपुर । मकवानपुरको विकट गाउँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५० वर्षीय माइला थिङको भीरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भीरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक सीताराम सुवेदीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रतिक्रिया