Logo

Breaking News 1

आज नागरिकता लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने



काठमाडौं । रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन् । नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार आइतबारका लागि नागरिकता लिनका लागि जानेगरी छलफल भइरहेको छ । शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुन: प्राप्तिका लागि तयारी अघि बढाएका हुन् ।

‘समय फिक्स भएको छैन। तर जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ,’ रास्वपा निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘सायद ११ बजेसम्म त्यहाँ पुग्नेगरी कार्यक्रम बनेको खबर छ ।’

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ । ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ ।

अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो । उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : ४६ बजे