Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२)को खण्ड (कं) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ३० बजे