काठमाडौं । ईएफएल कपको सेमिफाइनल खेलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टविरुद्ध सहज जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा युनाइटेडले नटिङघमलाई ३–० गोल अन्तरले हराएको हो ।
युनाइटेडको जितमा म्यार्कुस रासफोर्ड, वाउट वेगहर्स्ट र ब्रुनो फर्नानडजले गोल गरे ।
खेलको छैटौँ मिनेटमा रासफोर्डले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
विश्वकपपछि लयमा देखिएका रासफोर्डले १० खेलमा १० गोल गरिसकेका छन् । रासफोर्डको यो प्रतियोगितामा एक्लैले गरेको यो ५औँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।
खेलको ४५औँ मिनेटमा वेगहर्स्टले गोल गर्दै अग्रता दोब्बर पारे। एक पक्षिय खेलको ८९ औँ मिनेटमा फर्नानडेजले गोल गर्दै अग्रता ३–० ले पारे ।
दोस्रो सेमिफाइनल लेग बुधबार हुनेछ ।
प्रतिक्रिया