Logo

खेलकुद

पीएसजीको जितमा एमबाप्पेको पाँच गोल



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । उनले खेलको २९ औं, ३४ औं, ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए ।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् । एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ४२ बजे