काठमाडौं । जबरजस्ती करणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा सोमबार जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामुक्त गर्दै आजका लागि पेशी तोकिएको थियो । उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताए ।
यसअघि जिल्ला अदाालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीपलाई थुनामुक्त हुन आदेश दिएको थियो । थुनामुक्त सन्दीप क्रिकेकटको अध्यास सुरु गरिसकेका छन् ।
यसअघि पक्राउ परेसँग उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय गरेको छैन ।
जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।
सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
सन्दीपमाथी गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । सन्दीप असोज २० गते पक्राउ परेका थिए ।
९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए ।
प्रतिक्रिया