काठमाडौं । काठमाडौंको सिभिल मलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीमा अनुसार बिहीबार बिहान उनले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
अन्दाजी २९/३० वर्षीय विशान लामिछाने गुरुङले आफैँमाथि आगो लगाएपछि उनलाई उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले आफैँमाथि आगो लगाउनुको कारण खुलेको छैन । घटनाबारे प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया