Logo

मुख्य समाचार

सांसद पक्राउ सम्बन्धमा रवि लामिछानेको जवाफ



काठमाडौं । हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले घुमाउरो जवाफ दिएका छन् । उनलाई कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गरेका थिए ।

‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन । गृह मन्त्रालय टसमस हुनेछैन । तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ,’ लामिछानेको जवाफ थियो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : २५ बजे