काठमाडौं । काठमाडौंको पुतलीसडकमा चार युवा व्यवसायीले अत्याधुनिक मेसिनबाट तयार गरेको रसिलो मम पसल खोलेका छन् । बुधबार बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलद्वारा उद्घाटन गराइएको मम पसल कमलादी मोडमै रहेको छ ।
प्रति घण्टा दुई सय प्लेट मम तयार गर्ने मेसिनबाट बनाइएको मम पसलको उद्घाटन गर्दै बरिष्ठ हास्य कलाकार शिवहरी पौडेलले ममका पारखीका लागि रसिलो ममले स्वाद पस्किने कुरामा आफू आशावादी रहेको बताए ।
मम बनाउने मेसिनको अवलोकण पछि उद्घाटन गरिएको रसिलो ममको स्वाद लिदै बरिष्ठ कलाकार पौडेलले टेलीसिररियलहरुका प्वाक्क मुखमा हन्नु भने पनि आज यो ममको स्वाद लिएपछि क्वाप्प मुखमा हालु जस्तो मम रहेको बताए ।
काठमाडौं उपत्यकामा आठ स्थानमा ममका पारखीको चाहानालाई पूरा गराउने सोच भएको रसिलो ममका संचालक कपिल श्रेष्ठले बताए ।
रसिलो मम एक किसिमको ब्राण्ड बनाएर सयौं बेरोजगार युवालाई रोजगार दिने मनासयले कपिल श्रेष्ठ, जिवन परियार, अमर सुवाल र देबेन्द्र क्षेत्रीले लगानी गरेका छन् ।
प्रतिक्रिया