Logo

समाचार

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।

राजदूत पोलिट प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ४४ बजे