काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग बैठक बोलाएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिव ५ घण्टा छलफल गरेका उनले बैठक बोलाउने निर्णय गरेका हुन् ।
ओली निवास बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले मंगलबार बैठक बस्ने जानकारी दिए । सञ्चारकर्मीहरुले सभामुखरउपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उनले सहमतिका लागि बैठक बोलाइएको बताए ।
‘भोलि विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ त्यसबाट थाहा हुन्छ,’ उनले भने । प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको बुझिएको छ ।
प्रतिक्रिया