Logo

मुख्य समाचार

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।

प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : १७ बजे