Logo

मुख्य समाचार

विश्वासको मत र प्रदेश सरकारबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। आइतबार बैठक शीर्ष नेताहरूको बैठक बस्ने भए पनि समय र स्थान तय नभएको जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वास मत लिँदै छन्। विभिन्न प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समय पनि यही साता सकिँदैछ।

प्रदेश १ मा त सरकारमा दाबी गर्ने समय आइतबार साँझ सकिँदैछ। प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ।

बागमती र गण्डकीमा सरकारको दाबी गर्ने समय सोमबार साँझसम्म छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गते र मधेसमा पुस २८ गतेसम्म मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले समय दिएका छन्।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : १४ बजे