Logo

मुख्य समाचार

आइपुगे चीनका नयाँ राजदूत सङ



काठमाडौं । नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्।

काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्।

नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १२ : २८ बजे