Logo

समाचार

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजनामा खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडों । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजना तथा बलियो नेपाल र के.एल. दुगड ग्रुपको सहकार्यमा नेपालगंज उपमहानगरपालिका–१ स्थित द होटेल ग्यालेक्सी दरवारमा खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, विशेष अतिथिमा के.एल. दुगडका प्रमुख कार्यकारि अधिकृत प्रदिप कुमार छाझेड एवं अथितिहरुमा एस.के डेरी, नेपालगंजका संचालक सरोज प्रसाद पाण्डे, हितेश खाद्य उद्योगका मेनेजर बैजेन्द्र बेंगानी रहेका थिए । कार्यक्रममा नेफोस्टाका केन्द्रीय महासचीव प्रविन ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख सन्तोष दाहाल, जडिबुटी संघ, बाँकेका जिल्ला अध्यक्ष, डेरी संघ बाँकेका अध्यक्ष, चौधरी ग्रुप, क्रिस्टीलो पानी, एम.ए. सप्लायर आदिबाट उद्योगी व्यवसायी, नेफोस्टाका सदस्य खाद्य प्राविधिकहरु लगायत ५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन खाद्य प्राविधिक ज्योति आचार्यले गरेका थिए, भने स्वागत मन्तब्य नेफोस्टा तदर्थ समितिका संयोजक खाद्य प्राविधिक सन्तोष दाहालले गरेका थिए । कार्यक्रममा पहिलो कार्यपत्र अध्यक्ष डा.अतुल उपाध्यायले गरेका थिए । जहाँ उनले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्ने बुदा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ल्याबमा झैँ खाद्य प्राविधिकद्वय गौरी हमाल र शिवराज शर्माले पिठोबाट ग्लुटिन नामको प्रोटिन हेन्ड वाशिंग मेथोडबाट निकालेर उक्त ग्लुटिन गहूँको मुख्य आकर्षण रहेको र त्यही प्रोटिनको कारण वेकिंग गरि रोटि, ब्रेड, डोनट आदी वेकरी पदार्थ बनाउन सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले यस्ता कुराहरुले अनावश्यक रुपमा आफ्नो समय खेर जाने, मोरल डाउन हुने भएकोले उपोभोक्ता माझ यस्ताकुरा गलत हुन् भनेर बुझाइदिन आग्रह गरे । साथै खाद्य ऐन चाडै संसोधन गरी अधिक खाद्य वस्तुको स्थर निर्धारण गरिदिन, जडिबुटीको प्रशोधन भन्नाले के बुझिन्छ प्रष्ट रुपमा कानुनमा लेख्न, टेष्टको दयारा फराकिलो पार्न आग्रह गर्नुभयो।कार्यक्रमका प्रमुख आथिति डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकाय रुपमा बढीरहेको जनसंख्यालाई भोकमरीबाट जोगाउन innovation,research तथा प्रविधि प्रयोग गर्नुपर्ने र त्यसमा खाद्य प्रविधिकको महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नेफोस्टा अध्यक्ष डा. अतुल उपाध्यायले आफू केहि राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागी काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १६ बजे