Logo

Breaking News 1

कांग्रेसले सत्ता गठबन्धन भत्काउने प्रयास , सफल हुन दिन्नौँ :ओली ।



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउने प्रयास गरेको बताएका छन् । तर, आफूहरूले देउवाको प्रयास कुनै हालतमा सफल हुन नदिने उनको भनाइ छ ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा ओलीले भने, अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो– वी विल कमब्याक । उहाँहरूले २६ गते नै आउँछौँ भनेको हो । उहाँहरूले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरूमा बाडिरहनुभएको छ, प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । उहाँहरू च्याँखे थापेर बस्नुहुन्छ ।

उनले आफूले अहिलेको सरकारलाई सफल र प्रभावकारी बनाउन चाहेको पनि बताए । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौँ । यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौँ । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरू दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौँ,ओलीले भने ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ३ : ३८ बजे