Logo

मुख्य समाचार

उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)



काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।

जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । चिसो मौसममा बढी प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणका कारण मानिसमा एलर्जीसँगै हृदयाघात, मधुमेह नियन्त्रण नहुनेजस्ता समस्या देखिने गर्छ ।

वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । काठमाडौं उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ ।

 

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ११ : ३० बजे