काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज शुक्रबार छलफल हुँदैछ । लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर भएको थियो ।
सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको छ । लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् ।
प्रतिक्रिया