Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ०० पैसा र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ६ : १५ बजे