Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ २७ पैसा र बिक्री दर १४० रूपैयाँ ९० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४२ पैसा र बिक्री दर १६० रूपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ६ : १९ बजे