Logo

समाचार

जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकमा बाँठा मगर नियुक्ति



रोल्पा । जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पाको खेलकुद प्रशिक्षकमा कृष्ण प्रसाद बाँठा मगर नियुक्त भएका हुन । पुष १९ गते मंगलबारका दिन बाँठा मगरलाई खेलकुद प्रशिक्षकमा नियुक्ति गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

कृष्ण प्रसाद बाँठा मगर रोल्पा जिल्ला आई.टि.एफ तेक्वान्दो संघका सचीव र प्रमुख प्रशिक्षक हुन भने लुम्बिनी प्रदेश आई.टि.एफ्ते.क्वान्दो संघका सदस्य समेत हुन । उनले जनसेवा नमूना माध्यमिक विद्यालयको खेलकुद क्षेत्रमा प्रशिक्षकको रूपमा काम गर्ने छन ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ४३ बजे