रोल्पा । नेपालको संबिधान अनुरुप पहिलो स्थानीय तहको निर्वाचनको पाँचवर्षे कार्यकाल समाप्त भए पश्चात दोश्रो स्थानिय तहको निर्वाचनको लागि सरकारले २०७९ साल बैशाख ३१ गतेका लागि मिति तय गर्यो । यस निर्वाचन भन्दा अगाडी नै पाँच दलीय गठबन्धन भइसकेको थियो । देशभर गठबन्धनको तर्फबाट साझा उम्मेद्वारहरु पनि घोषणा भएर निर्वाचनमा होमिएका थिए । नजिकैका सिमाना जोडिएका जिल्लाहरु दाङ, प्युठान, रुकुम र सल्यान समेतमा गठबन्धन हुँदै गर्दा बिडम्बना भनौ वा गर्भमै रहेको कारणले रोल्पा जिल्लामा अन्तिम समय ११ गते सम्म पर्खिदा पनि गठबन्धन भएन । त्यसको असर के कति पर्यो सबैलाई थाहा भएकै शिर्षक हो । तत्पश्चात दोश्रो प्रदेश सरकार र प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति २०७९ मंसिर ४ गतेको लागि गठबन्धन कै सरकारले मिति तय गर्यो । यस निर्वाचनमा भने रोल्पामा पनि गठबन्धनले साझा उम्मेद्वार चयन गर्न सफल भयो ।
प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका बर्षमान पुन, प्रदेश सभा क्षेत्र नं.१ (ख)मा नेपाली कांग्रेसका अमरसिंह पुन र प्रदेश सभा क्षेत्र नं.१ (क)मा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा रोल्पा जिल्लाको ईतिहासमा नेकपा माओवादी र कांग्रेसको गठबन्धन पहिलो पटक भएको थियो । दुबै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नौलो लाग्नु स्वाभाविक थियो । तर पनि हामी अगाडि बढेयौं ‘संविधानको रक्षा, स्थिरता, समृद्धिको लागि गठबन्धन’ नारासहित पाँच दलका केन्द्रबाट साझा उम्मेद्वारलाई जिताउन सर्कुलर गरेको थियो।पार्टीमा आस्था राख्ने साथीहरुले विभिन्न राय कुरा राख्दै कसैको समर्थन त कसैको बिरोधमा सामाजिक संजालका भित्ताहरु रङ्गीरहे तर पार्टिका पद सम्हालेका व्यक्तिहरुले पार्टीको निर्देशन मान्नु भन्दा अर्को विकल्प थिएन ।
नेकपा माओवादी केन्द्रका जोख बहादुर महरालाई नेपाली कांग्रेस रोल्पाका सह–सचिव गञ्ज बहादुर क्षेत्रीले कार्यकालको शुभकामना दिएका छन् । रोल्पा प्रदेश सभा क्षेत्र नं.१ (क)मा नेकपा माओवादी केन्द्रका निर्वाचित सांसद जोख बहादुर महरालाई उनले कार्यकालको शुभकामना दिएका हुन् । उनले केन्द्रमा गठबन्धन टुटे पनि चुनाबी अभियानमा संगै गरेका प्रतिवद्धाताहरु पुरा गर्न सहकार्य गरीअघि बढ्न सांसद जोख बहादुर महरालाई सुझाव दिएका छन् ।
महराले भने, ‘नेपाली कांग्रेस रोल्पा जिल्लाको सह–सचिवको हैसियतले जिल्लाले मलाइ क्षेत्र नं.१ (क)मा साँझा उम्मेद्वार जोख बहादुर महरालाई निर्वाचित गराउन यस क्षेत्रमा मलाई खटायो । पार्टी प्रतिको इमानदारीता, राजनैतिक इमानदारीता, पार्टीको निर्देशन, विश्वसनीयतालाई अंगाल्दै, आत्मसाथ र जिम्मेवारी बहन गरी उम्मेदवार जोख बहादुर महराको साथमा निर्वाचन क्षेत्र भरी रोल्पा जिल्ला प्रदेश सभा क्षेत्र नं.१ (क) का सम्पूर्ण गाउँपालिका र सम्भवत सम्पूर्ण वडामा दिनको ८/१० वटा कार्यक्रममा उपस्थितभै माथी उल्लेखित ३ वटा मन्त्रहरुलाई बिचमा राखी जनताको माझमा कुरा राख्दै, जनतालाई कन्विंस गर्दै, कहीँ कटै बाँचा र प्रतिवद्धता गर्दै कांग्रेस लगायत अन्य दलका साथीहरुलाई हँसियाहथौडामा भोट मागियो । मंगसीर ४ गतेको निर्वाचन पछी १९हजार ४सय २५ मतको अत्याधिक बहुमतले इमानदारिताका साथ साँझा उम्मेद्वार आदरणीय जोख बहादुर महरालाई निर्वाचित गरायौं । नेताज्युहरुले भन्दै हुनुहुन्थ्यो यो गठबन्धन १५ बर्ष टेक्छ मलाई चाहीँ विश्वास लागेको थिएन । मनमा जे जस्तो सोचाइ भए पनि आफ्नो इच्छा आकांक्षा जे–जे भए पनि पार्टीको निर्देशन र राष्ट्रिय राजनीतिलाई मध्यनज़र गर्दै अब जनतालाई हिजो गरेका प्रतिवद्धताहरु पुरा गरौँला र विकासमा अग्रसर भएर लागौँला भनि खाँका तयार पारेर हौसिएका हामी जस्ता तमाम साथीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको प्रधान मन्त्रीको कुर्ची मोहको कारण गलती कसको थियो । त्यो उनीहरुले नै जानुन सबैलाई स्तब्ध बनायो । गठबन्धनको नारालाई पानीको फोका सरी तुल्याइदियो । यतिबेला अबस्था गम्भीर छ, ढाट छल गर्ने लाई त कुनै ठुलो कुरा नहोला तर जसले इमानदारीता, नीति, सिद्धान्त र निष्ठाको राजनीति गर्छ उसको सामु प्रश्न नै प्रश्न खडा भएका छन । हिजो निर्वाचनको बेला भोट माग्ने बेला गरेका भाषणलाई कुन अर्थमा लिने ? हिजो गरेका बाँचा प्रतिवद्धता के हुने ? कसरि सम्बोधन गर्ने ? जनताहरुलाई कसरी सम्झाउने ? जनता माझ आफुलाई कसरि उभ्याउने ? यस्ता अनेकौं प्रश्न हामी माझ खडा भएका छन ।अझै त्यसमाथी कांग्रेस लगायत अन्य गठबन्धन दलको भोटले जितेका नेकपा माओवादी केन्द्रका सांसद र माओवादी लगायत अन्य गठबन्धन दलको भोटले जितेका कांग्रेसका सांसदहरुले आफ्नो जिल्ला र क्षेत्रमा बिपक्षी अहिलेको साथीहरुलाई के कस्तो उत्तर दिनुहुन्छ र कस्तो व्यवहार गर्नुहुनेछ। त्यो पनि उहाँहरुको दिमाग चक्कर आउने खालको अबस्था छ, यो बिचार त नेकपा माओवादी नेता राम कार्की र नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संयुक्त रुपमै एकै स्वरमा भनि सक्नु भएको छ । देशको राजनीति र परिवेशहरु समय अनुशार व्याख्या गर्दै गरौँंला ? गठबन्धन तुटाउन पुष्प कमल प्रचण्डको गलती कि शेर बहादुर देउवाको गलती त्यो पनि आउदै गर्ला ? विभिन्न जिल्ला र विभिन्न क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले आ–आफ्नो जिल्ला र क्षेत्रमा के कसो गर्छन । त्यो पनि हेर्दै जाउला तर हाम्रो रोल्पा प्रदेश क्षेत्र नं.१ (क)को सन्दर्भमा यस क्षेत्रबाट निर्वाचित परिपक्क र सालिन व्यक्तित्व आदरणीय जोख बहादुर महरालाई के अनुरोध गर्न चाहन्छु भने निर्वाचनको समयमा, चुनावी अभियानमा जसरी तपाईं हामी एक भएर रात दिन नभनेर जनताको घर दैलोमा पुगेर उहाँहरुको मागहरुलाई सम्बोधन गर्ने र समग्र क्षेत्र नं. १ (क)को विकासका लागि अग्रसर रह्ने गरि संयुक्त रुपमा बाँचा प्रतिवद्धता गरेका थियौ । यसबाट कहिल्यै पछि नहट्नुहोला ? जुन कुरा हामीले संयुक्त रुपमा जनता माझ बोलेका थियौ । आज ति कुरा पुरा गर्ने स्थानमा तपाईं पुग्नु भएको छ । र म विश्वस्त छु कि तपाईंले ति बाँचाहरु सम्बोधन गर्नु हुने छ । जसरी हामीले कम्तिमा पनि पाँच वर्षको लागि सहकार्य गरी अगाडी बढ्ने प्रयत्न गरेका थियौ।त्यो अवश्य पुरा हुनेछ, भलै हाम्रो राजनीति आस्था फरक होला ? तर हाम्रो लक्ष्य एउटै छ, त्यो हो समग्र क्षेत्रको विकास गर्ने, यो हाम्रो लक्ष्यलाई पुरा गर्न नि सन्देश आफ्नो तर्फबाट प्रतिवद्ध हुनु हुनेछ भन्ने मेरो बिनम्र अनुरोध छ। अबको पाँच वर्षमा यस क्षेत्रको विकासको चित्र मार्ग निर्माणमा हामी साथ साथै अगाडी बढ्ने छौँ । यो मेरो विश्वास हो, यदि संयुक्त रुपमा बोलेका कुराहरु संयुक्त रुपमा सम्बोधन गर्न सक्यौँ भने मात्र जनताको नज़रमा हामी कुशल नेतृत्वको दर्जामा पुग्छौं । अन्यथा भलै पदमा हामी माथी पुगौँला ? तर जनताको नजरमा सदैव घृणित हुने छौँ । अरुले के गर्छन त्यो सहायकमा राखेर, हामीले के गर्ने हो त्यसलाई केन्द्रमा राखेर अगाडी बढौँ ।अहिले म लगायत सम्पूर्ण क्षेत्र नं.१ (क) का जनता सबैले तपाईं माथी धेरै आशा र भरोसा गरेका छौ । विश्वास छ हाम्रो यी आशाहरुलाई निराशामा बदल्न दिनु हुने छैन । अन्त्यमा, सांसद हुँदै पार्टीको संसदीय दलको नेता चयन हुनु भएकोमा धेरै धेरै बधाई तथा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा देख्न पाइयोस र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया