Logo

प्रदेश

लुम्बिनी कांग्रेस दलको नेतामा डिल्ली चौधरी चयन



बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन भएका छन् । दाङ–३ (१) बाट प्रदेशसभामा निर्वाचित उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन् ।

उक्त क्षेत्रबाट दोस्रोपटक निर्वाचित चौधरी कांग्रेस सस्थापन पक्षका नेता हुन् ।

उनलाई संसदीय दलको नेता बनाउन केन्द्रीय नेताहरु लागिपरेका थिए । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर पक्षका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ४३ बजे