Logo

विश्व

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै



सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि  अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ  मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए ।

सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ ।

यस्तै भारत, चीन, बेलायत, अमेरिका, फ्रान्सलगायत विश्वका प्राय:देशका नागरिकले विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष २०२३ लाई स्वागत गरिरहेका छन् ।

नयाँ वर्ष मनाउन चीनको वुहानमा शनिबारको मध्यरातमा हजारौँ मानिस भेला भएका थिए । उता उत्तर कोरियाले भने परम्परागत रुपमा मिसाइल प्रहार गरेर नयाँ वर्षलाई सांकेतिक रुपमा स्वागत गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : १५ बजे