काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया