काठमाडौं । काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई ९९ रनको चुनौती दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन जोडेको हो ।
काठमाडौंका एलेक्स ब्लेकले अविजित रहँदै ४५ रन जोड् ओपनर सन्तोष कार्की १२ रनमा आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए ।
फारवेस्टका उमार अलीले सर्वाधिक तीन विकेट लिँदा हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिए ।
प्रतिक्रिया