Logo

समाचार

उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन



काठमाडौं । उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ । नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए । उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो ।

नेइललाई आइतबार कोमामा राखिएको थियो ।  नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो ।

नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए । सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ०६ बजे