Logo

अर्थ

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ४६ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार २९० र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली ४५ रुपैयाँ, कागती १०५ रुपैयाँ र लोकल सानो गोलभेँडा २९ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ३० बजे