Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३४ पैसा र बिक्री दर १३१ रूपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ६६ पैसा र बिक्री दर १३९ रूपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ८९ पैसा र बिक्री दर १६ज्ञ रूपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ३५ बजे