एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’ काण्डमा सम्भावित महाभियोगको चेतावनी सामना गरिरहेका छन् ।
राष्ट्रपतिलाई २०२० मा आफ्नो फार्ममा ४० लाख डलर लुकाएको आरोप लगाइएको छ । सोही विषयमा अपहरण र चोरहरूलाई घुस दिएको पनि उनीमाथि आरोप छ ।
रामाफोसाले पदको दुरुपयोग गरेको र भ्रष्टाचार विरोधी कानुन तोडेको हुनसक्ने स्वतन्त्र प्यानलको एउटा चुहावट भएको रिपोर्टले पत्ता लगाएको छ ।
उनले गल्तीलाई अस्वीकार गर्दै भैंसी बेचेर पैसा आएको बताएका छन् ।
प्यानलको निष्कर्षहरू संसदमा हस्तान्तरण गरिएको छ,। संसदले प्यानलको रिपोर्ट जाँच गर्न र अर्को हप्ता महाभियोग प्रक्रिया सुरु गर्ने वा नगर्ने निर्णय गर्न तय भएको छ ।
रामाफोसा सन् २०२४ मा आफ्नो पार्टी अफ्रिकन नेसनल कंग्रेस (एएनसी) बाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुन सक्छन् वा सक्दैनन भन्ने निर्णय गर्ने सम्मेलन आउन एक महिनाभन्दा कम समय बाँकी छ ।
एएनसीले बिहीबार आफ्नो कार्यकारिणीसँग बैठक गर्ने, जहाँ यो मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एएनसी कार्यकारिणीको आज बिहीबार हुने बैठकमा यस मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया