Logo

मुख्य समाचार

निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर धाँधली गरेको शंकर पोखरेलको आरोप


१५ मंसिर २०७९, बिहिबार  

2.2k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

एमालेले स्याङ्जा र बाजुरामा पुन: मतदान हुनुपर्ने माग राखेको थियो । तर निर्वाचन आयोगले एमालेको मागको बेवास्ता गर्दै मतगणनालाई सुचारु गराएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ९ : ५४ बजे