Logo

मुख्य समाचार

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै



सुनसरी । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गरे ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुन: सुरु भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ३९ बजे