Logo

समाचार

सप्तरीमा बेपत्ता राउतको हत्या



सप्तरी । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ३० बजे