रोल्पा । आम निर्वाचनको मत परिणाम अन्तिम चरणमा आइरहँदा यतिबेला लुम्बिनी प्रदेश सरकार कस्तो बन्छ भन्ने खालको बहस, चर्चा तथा परिचर्चा बनिरहेको छ । लुम्बिनी प्रदेशमा पनि प्रदेश सभा सदस्य र समानुपातिक तर्फका मत परिणाम घोषणा भएसँगै नयाँ सरकार बनाउनका लागि दौडधुप थालेका छन् सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा लगायत प्रतिपक्ष दल नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र लगायत नयाँ सरकार नेतृत्वको रस्साकसीमा रहेका छन् । यतिबेला सत्ता समीकरण मिलाउन नेताहरू भित्र–भित्रै छलफल गर्न थालेका छन् । सरकारको नेतृत्व गर्न बहुमत चाहिन्छ जसले गर्दा लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार कसैको पनि बन्दैन न त सत्तारुढ दलहरूको बन्छ न त प्रतिपक्ष दलहरूको सरकार बनाउनको लागि ४३ जना सांसद चाहिन्छ ।
लुम्बिनी प्रदेशमा कुनै पनि दलको बहुमत पुग्दैन त्यसैले एक अर्कामा मिलेर सरकार बनाउने कसरतमा छन् । लुम्बिनी प्रदेशका दलहरू लुम्बिनी प्रदेशमा आम निर्वाचन मंसिर ४ गते आइतबार भएको चुनावमा नेकपा एमाले १८ स्थानमा बिजयी भएको छ भने नेपाली कांग्रेस १७ स्थानमा, नेकपा माओवादी केन्द्र ५ स्थानमा, जनता समाजवादी पार्टी नेपाल २ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थान, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २ स्थान, नागरिक उन्मुक्ति पार्टी २ स्थानमा, जनमत पार्टी १ स्थानमा र स्वतन्त्र ३ स्थानमा बिजयी भएका छन् ।लुम्बिनी प्रदेशको १२ जिल्ला बाट करिब ५२ जना प्रदेश सभा सदस्य सांसदमा निर्वाचित भएको बताइएको छ ।
अबको लुम्बिनी प्रदेश सरकार कस्तो बन्ला ? भन्ने प्रसंगमा दाङ प्रदेश सभा ३ क बाट नेपाली कांग्रेसका बिजयी सांसद डिल्ली बहादुर चौधरीले भने ‘व्यापक छलफल भइरहेको छ, सबै दल सबै दलको सहकार्यमा बन्ने र राम्रै संवाद भइरहेकोले कोलिसनकै सरकार बन्नेमा म विश्वस्त छु ।’ साथै एक दुई दल थप घट हुन सक्ने उनको भनाई छ । गठबन्धन निरन्तर अगाडि बढ्छ ? भन्ने प्रसंगमा चौधरीले निरन्तर अगाडि बढ्ने बताउदै, शेर बहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको बीचमा संवाद भइसकेपछि यो अन्योल हटेको समेत बताए ।
लुम्बिनी प्रदेश सरकारका राजनीतिक सल्लाहकार अमरबहादुर डाँगीले अबको लुम्बिनी प्रदेश सरकार कस्तो बन्छ ? भन्ने प्रसंगमा जनताको म्यान्डेटलाई सम्मान गर्ने बताउदै, २०७४ मा नेकपाको सरकार बनेको र त्यो सरकारको नेतृत्वले जनताको सम्मान गर्न नसकेको समेत दाबी गरे । जसले गर्दा त्यो सरकार बिचैमा गएर नेपाल सरकार नेपाली जनतालाई निराशा बनाएको समेत बताए । फलस्वरूप नयाँ खालका दलहरु आएको र उनीहरूको उपस्थिति राम्रो भएको समेत बताए । अहिले पनि गठबन्धन गरेर गठबन्धनको सरकारले जनताको सम्मान गर्नुपर्ने प्रतिक्रिया दिदै, त्यो भन्दा दायाँबायाँ गर्नु हुन्न भन्ने आफ्नो सोच भएको समेत बताए । लुम्बिनी प्रदेशमा कुनै पनि दलको एकल सरकार बन्दैन र गठबन्धनको सरकार बन्ने सम्भावना कतिको देख्नु हुन्छ ?भन्ने प्रश्नमा डाँगीले भने ‘गठबन्धनको सरकार विभिन्न ठाउँमा बन्ने बताउदै, अहिलेको आवश्यकता गठबन्धनको भएको र अहिले गठबन्धनको संस्कृति त्यति धेरै नमौलाएकाले अहिलेको गठबन्धन सरकारको उपलब्धि भनेको पाँच बर्ष सम्म सदन चल्यो, छिमेकी देश भारतमा २४/२५ दल मिलेर बनेको दलको पाँच बर्ष सरकार चल्ने तर नेपालमा भने नचल्ने ?’
बस्तुगत अवस्था सामूहिकता भित्र मिलिजुली छ तर व्यक्तिगत मानसिकता व्यक्तिवादी भएको र जसले गर्दा समस्या उत्पन्न हुने समेत बताए । त्यसैले दुई तिहाईको सरकार २०१५ साल, २०४८ को बहुमतको सरकार, २०५६ सालको बहुमतको सरकार ढलेको र २०७४ सालको झन्डै झन्डै दुई तिहाईको सरकार समेत ढलेको बताए । अनि हाम्रो संविधानी व्यवस्था, हाम्रो साँस्कृतिक अवस्था, सामाजिक दृस्ठिकोणले पनि सामाजिक सहिष्णुता हाम्रो मूल पहिचान भएको समेत बताए ।त्यसैले राजनीतिक सहिष्णुता पनि हुनुपर्ने र जुन जनताको जनादेश अनुसार काम गर्नुपर्ने र दायाँबायाँ गरेकोमा अस्थिरता उत्पन्न हुने बताए । यदि गठबन्धनको संस्कार अगाडि बढाउन सकिएन भने नेपालमा फेरि पनि २०५३ सालको जस्तै अस्थिरता आउने समेत बताए । पूर्ण निर्वाचनमा जानुपर्ने अवस्था समेत आउने बताउदै, आर्थिक रुपले कम्जोर भयर श्रीलंका भन्दा पनि पर जाने समेत बताए ।
जसको सरकार गठबन्धनको संस्कारलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता र चाहना भएको समेत बताए । सामाजिक चरित्र पनि सामाजिक सहिष्णुता, जातीय सहिष्णुतथा, धार्मिक सहिष्णुता, भौगोलिक सहिष्णुता यो नेपाली समाजको पहिचान भएको उनको भनाई छ । यो समाज बाट हामीले राजनीतिक सहिष्णुता सिकेर गठबन्धनको सहिष्णुतालाई अगाडि बढाउनुपर्ने उनले बताए ।
पछिल्लो समयमा गठबन्धन अन्तर्गत कता–कता पाँच दलीय गठबन्धन टुट्छकी भन्ने चर्चा पनि छ, यो लाई कतिको ध्यान दिनु भएको छ ? भन्ने प्रसंगमा राजनीति सल्लाहकार डाँगीले भने ‘म त्यो पक्षमा छैन यो जुन नयाँ दलहरु आए त्यो ले गर्दा मार पारेको र सबैको धरातलीय जुन जनमत थियो र त्यो सबैको घटेको छ ।’ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत यो सबै पुराना पार्टीहरुको जनमत घटेको प्रतिक्रिया दिदै, एउटा माहोल नै पुराना दलको लागि नो नट अगेन आएको र त्यसको फाइदा जो राष्ट्रिय स्वतन्त्र पार्टी बन्यो त्यसले नो नट अगेनको फाइदा उठायो भने जनमत पार्टीले समेत नो नत अगेनको फाइदा समेत उठायो, जनमुक्ति पार्टीले समेत नो नट अगेनको फाइदा उठाएको समेत बताए । साथै नो नट अगेनलाई रोक्न पुराना दलले रोक्न नसकेको समेत बताए ।
नेपालका पुराना दलका नेता प्रति आम जनतामा असन्तुष्टि भएको बताउदै, त्यो लाई मध्यनजर राखेर दलहरू पनि सपरिनुपर्ने, नेताहरु पनि सपरिनुपर्ने र सत्तामुखी मात्र दृष्टिकोण नराख्न समेत आग्रह गरेका छन् । ‘सरकार बनाउने हो भने गठबन्धनकै सरकार बनाउनु पर्छ फेरि यता उता गरेर गठबन्धन अर्को अर्को बनाएमा त्यो ले जनताका अपेक्षा अनुसार काम नगर्ने भएकाले त्यो दिशा तर्फ जानै हुदैन ।’ उनले भने । अहिलेको गठबन्धन प्रगतिशील भएको र हामीले गठबन्धन गरिरहेको बताउदै २०४६ साल, २०६२/०६३ सालमा पनि गठबन्धन गरेको स्मरण गराउदै पटक–पटक गठबन्धनको सरकार बनाएको समेत बताए । त्यो दिशा तर्फ अहिले राजनीतिक रूपमा अगाडि बढेको र गठबन्धनलाई आर्थिक रूपमा अगाडि बढाउनुपर्ने उनको भनाई छ । सामाजिक, समृद्धि रूपमा अगाडि बढ्ने गरेर अगाडि बढ्नुपर्ने र तर राजनीतिक रूपमा मात्र फाइदा लिन खोज्ने र सत्तामुखी मात्र नहुनुपर्ने उनले बताए । सत्तामुखी मात्र भएपछी त्यो ले अर्को पाँच बर्षपछी यो ठूला पार्टीको अस्तित्व नै मेटिने समेत बताए । अब लुम्बिनी प्रदेशको सरकार कस्तो बन्छ त्यो भने आगामी दिनमा पकै थाहा हुने छ ।
प्रतिक्रिया