काठमाडौं । विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ ।
कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो ।
यससँगै समूह डी मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २ खेलमा १ अङ्क रहेको ट्युनिसिया पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । यस्तै ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो ।
समूह डी कै फ्रान्स र डेनमार्कको खेल आज राति पौने १० बजे हुनेछ । यस्तै आजको दोस्रो खेलमा समूह सी को पोल्यान्ड र साउदी अरेबिया बेलुका पौने ७ बजे खेल्दैछन् ।
आज राति नै अर्जेन्टिना र मेक्सिको पनि खेल्दैछन् । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया