Logo

Breaking News 1

तनहुँ–१ मा रामचन्द्र पौडेल निर्वाचित



तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित हुन पुगे ।

सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् ।

यद्यपि, निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गर्दै छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ४१ बजे