सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।
कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।
थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् । ०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।
प्रतिक्रिया