Logo

मौसम

उल्लेखनीय मौसमी प्रणाली छैन ?



काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३५ बजे