Logo

Breaking News 1

दाङ – १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता



दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायम गरेका छन् । ४ हजार ६१५ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार चौधरीले १ हजार ७७६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १ हजार १५१ मत पाएकी छन् । उनीहरुबीचको मतअन्तर ६२५ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र प्रसाद चौधरीले ४५३ मत पाएका छन् ।

एमाले छाडेर हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएकी गंगा चौधरी (सतगौवा)ले १ सय मत पनि पाएकी छैनन् ।

दाङ १ मा मेटमणी र शान्ता पूर्वसहकर्मी भएकाले उनीहरुबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । नेकपा एमाले विभाजन भएपछि मेटमणी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी दाङ १ बाट विजयी भएका थिए ।

दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र दाङ ३ नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायम राखेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०६ बजे