Logo

Breaking News 1

एमालेले खोल्यो विजयीको खाता, ललितपुर २ मा प्रेमबहादुर महर्जन विजयी



काठमाडौं । प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनी १५ हजार २५ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले ८८८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरेका छन् ।

साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ३९ बजे