काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए ।
अहिले योगेशसँग तुलाचन ९१४ मतले पराजित भएका छन् ।
प्रतिक्रिया