किभ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।
यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो । तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।
ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले रूसी क्षेप्यास्त्रहरूले पोल्याण्डको भूभागमा आक्रमण गरेको रिपोर्टलाई अस्वीकार गर्दै तिनीहरूलाई ‘जानीजानी उक्साहट’ भनी वर्णन गरेको थियो ।
रुसी सेनाले एक विज्ञप्तिमा भनेको छ , ‘क्रेनी–पोलिश सीमा नजिकका लक्ष्यहरूमा कुनै पनि रुसी विनाशकारी माध्यमद्वारा हमला गरिएको थिएन ।’
प्रतिक्रिया