Logo

समाचार

गोरखा १ मा सुवर्ण रोकाहा क्रेज, यस्ता छन चुनावी एजेन्डा ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि गोरखा क्षेत्र क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उमेदवार सुवर्ण रोकाहाले आफ्नो चुनावी अभियानलाई तीब्र बनाइ रहेका छन् । घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार भएका रोकाहा यति बेला आफ्नो क्षेत्रमा जोडतोडले चुनवि अभियानमा होमिएका छन् । उनी सँगै समानुपातिक उम्मेदवार एलिजा गुरुङ पनि यतिबेला चुनावी मैदानमा जुटेकी छिन् । उनी गोरखाकै समानुपातिक उम्मेदवार हुन् ।

मतदाताहरुको स्वस्फूर्त उपस्थितिले यति बेला गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टिका नेता कार्यकर्ताहरुमा उत्साहपूर्ण वातावरणको माहोल बनिरहेको छ । यतिबेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चापरिचर्चा समेत हुने गरेको छ । भेटका क्रममा रोकाहाले मतदातासमक्ष आफ्ना योजना राख्ने र उनीहरुका चाहना पनि सुन्ने गरेका छन् । ‘तपाईहरुले यो क्षेत्रबाट धेरै पटक अन्य दलका नेताहरुलाई भोट दिनु भयो तर, उनीहरुबाट यो क्षेत्रको विकास र जनचाहना अनुसार काम भएको पाइएन, उनीहरुले तपाईको मर्म र भावनाअनुसार काम गर्न सकेनन् । जनभावना अनुसार काम गर्नको लागि भिजन भएको उम्मेदवार चाहिन्छ ।’ उनले भने, ‘यसपटक ‘घण्टी’मा मत दिई मलाई जियी गराउनुहोस ।’ सोही क्रममा यहा मतदाताहरु भन्छन्– ‘अहिलेसम्म एमाले,काग्रेस माओवादी थियौं तर पाटी र सिद्धान्त कसैले बोकेनन त्यसैले घण्टी रोजेका छौं ।’

गोरखा– १ मा सुवर्ण रोकाहाको उमेदवारी किन ?

राष्ट्रिय स्वतन्त्र पार्टि गोरखा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उमेदवार सुवर्ण रोकाहाले गोरखा १ नेपाली समाजको लोकतान्त्रीकरण, न्याय र समानताका लागि नेपाली जनताले गरेका हालसम्मको राजनीतिक एवं सामाजिक आन्दोलनहरूलाई सम्मान गर्दै देशमा मौलाएको भ्रष्टाचार, बेथिति, नातावाद, कृपावादको विरुद् आफुले उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

उनले युवा नेतृत्व विकास, सुशासन, भ्रष्टाचार विरुद्धको अभियानबाट नेपाली समाजको समग्र पक्षलाई नजिकबाट नियालेको बताएका छन् । ‘आज हाम्रो देशको अर्थतन्त्र नाजुक हुदै गएको बर्तमान अवस्थामा हामी बाँचिरहेका छौं त्यसको मूलकारण भनेको शिर्ष स्थानमा रहेको राजनीतिक दलहरू र नेतृत्वको बदमासी र जनमतप्रतिको बेइमानी हो । मेरा लागि यो उमेदवारी केवल चुनावी अभियान मात्र होइन । विगत लामो समयदेखि नेपाली राजनीतिमा मौलाएको बेथिति र जनभावना विरुद्धको अराजनितिक गतिविधि माथिको विद्रोह पनि हो ।’ उनले घोषणा पत्रमा उल्लेख गरेका छन् । उनले आफ्नो उमेदवारी शिक्षा, स्वास्थ तथा रोजगारीको लागि मार्ग दर्शन भएको दावी गरेका छन् । अब युवाहरु सक्रिय भएर परिवर्तनको घण्टी बजाउनु पर्ने उनको भनाई छ ।

के छन् एजेन्डा ?

शिक्षा

शिक्षा निशुल्क उत्पादनमुखी तथा व्यवसायी कक्षा १२ सम्म निशुल्क शिक्षा गुणस्तरीय शिक्षा दिलाउन म लागि पर्ने, अवको ५ बर्ष भित्र यस क्षेत्रमा भएको शिक्षा मा कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने, बिद्यार्थिहरुलाइ इलेक्ट्रिसयन, प्लोम्वर, भेहिकल शिक्षा, क्याडेट क्याप्सुल प्रहरी क्याप्सुल लोकसेवा आयोयका कितावको अध्ययन, मेघा स्कुलको अवधारणा बमोजिम इन्जिनियरिङ्ग शिक्षाको व्यवस्था गर्ने र सम्पुर्ण दक्ष जनशक्ति तथा स्वदेशमा रोजगारको अवसर दिने व्यवस्थाको थालनी गर्ने । सम्पुर्ण १२ कक्षा अध्ययन गरेको बिद्यार्थिहरुलाइ नागरिकताको सिफारिस स्कुलबाट लिने ब्यवस्था गर्ने

स्वास्थ्य

हामीले तिरेको करको पैसाको केही प्रतिशत स्वास्थ्य बिमा कोषमा लैजाने व्यवस्था गरी स्वस्थ्य क्षेत्रलाइ निशुल्क गराउने व्यवस्थाको पहल गर्ने, भष्ट्राचारबाट कमाएको अकुत सम्पति छानबिन गरेर राष्ट्रियकरण गर्ने, पार्टीको योजनामा त्यसबाट प्राप्त हुने सम्पतिलाइ स्वास्थय शिक्षा तथा रोजगार क्षेत्रमा खर्च गर्न जोडदार आवाज उठाउने ।

डिजिटल प्रबृधिको बिस्तार

प्रत्यक्ष कार्यकारी नेतृत्वमा लैजान जवकी एक निर्वाचन हुदा ५० देखी ६० अर्व खर्च हुने तथ्याङ्कलाइ तोडेर डिजिटल प्रबृधिमा लगेको खण्डमा २० देखी २५ करोड खर्च हुनेदेखिएको कारण र सम्पुर्ण बिदेमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समेत मतदानबाट बन्चित हुन नपर्ने देखेकोले यस सम्वन्धमा जोडदार आवाज उठाउने ।

बिजुली उत्पादनमा जोड तथा बोर्डर शिलको अवधारणा

बुढी गण्डकी हाइड्रोपावर निर्माण कार्यलाइ छिटो निर्माणको थालन तथा बिस्थापितलाई स्थापितको प्रकृया गर्ने र मुअव्जामा देखिएको अनिमियतताको छानबिन सवारी साधनहरु इलेक्ट्री पुरा उत्पादन बिजुली भए पश्चात बिजुली सामानलाइ प्रयोग गर्ने ।,घरायसी कार्यमा ग्यासलाइ बिस्तापित गराउने कार्यलाइ जोड गर्नेछु ।, तराइबाट धान भारतमा निर्यातमा रोक दैनिक उपभोग्य बस्तु निर्यातमा रोक फुल तथा फलफुल आयातमा रोक निर्यात गर्न सकिने

कृषि क्षेत्रमा उत्पानमुखी तथा रोजगारमा बृद्दि

गांउ गांउमा कृषि क्षेत्रमा माटो परिक्षण गरी कृर्षिमा नगदे बालीलाइ जोड दिनेछु जस्तै किबि खेती, ड्रागन फुट, कफी खेती, च्याउ खेति, लसुन, प्याज, आलु, तरकारी एवोगाडो, हाइब्रिड जातका फलफुल, पशुपालन, माहुरी पालन थालन गरी बेरोजगार घटाउने तर्फ जोड दिनेछु । पशुपालन समेत दर्ता गरी पशु सुत्करी हुदा समेत कृषकलाइ केहि रकम प्रोत्साहन बापत दिने व्यवस्था हुन स्थानिय सरकार सग परामर्श गरि जोड दिनेछु । जस्को कारण कृषकलाइ काम गर्न उत्प्रेरणा हुने र बार्षिक रुपमा पालिका पालिकामा उत्कृष्ट कृषक घोषणा गरी पुरस्कार दिने व्यवस्था समेत गराउने छु । घरेलु तथा साना उद्दोगलाइ स्थानिय स्तरमा धेरै भन्दा धेरै सञ्चालन जस्तै चप्पल जुत्ता कारखाना कपडा कार्खानाहरु सञ्चालनमा ल्याइ बेरोजगारलाई रोजगारको व्यवस्थाको प्रावधान गराउने कार्यमा जोड दिनेछु ।
सिपमुलक तालिमको व्यवस्थामा जोड दिनेछु । जडीबुटी प्रशोधन गराउने र निर्यात गराउने व्यवस्थाको लागि जोड, बन्द भएको कलकारखानाहरु पुन सुचारु गराउने तर्फ जोड, शहरी क्षेत्रमा नक्सा भन्दा बढी निर्माण भएको घरहरुलाइ हाल जति तला छ सोही बमोजिम नक्सा बनाइ सम्पन्न दिने र कर असुल गर्नको लागि सहयोग पुग्ने हुदा त्यस्ता करहरुलाइ उत्पादनशिल कार्यमा तथा हाल बन्द भइ रहेको कलकारखानाहरुमा लगानी गर्ने हो भने कलकारखाना सुचारु गराउन बिदेशी सग पैसाको भिख माग्न नपर्ने र रोजगारमा बृद्दि हुने हुदा बेरोजगारको सख्या घटदै जाने कुरामा बिश्वत छु । उल्लेखित रकम शिक्षा स्वास्थ्य तथा बन्द कलकारखाना सुचारुमा खर्च गर्ने योजना गोरखकाली रबर उद्योग भृकुटी कागज कारखाना जनकपुर चुरोट कारखाना बिराटनगर जुटमिल आदी ।

खाने पानीको व्यवस्थामा दिर्घकालिन योजना

हाल एक धारा एक घर बमोजिम धारा निर्माण भएको देखिएको तर खाने पानी नआउनेको कारण दिर्गकालिन मुलको पानीको योजना बमोजिम कार्य गरी पानीको व्यवस्थालाइ सह बनाउने व्यवस्थाको थालन गर्ने छु ।

सड़क विस्तार

स्थानिय सरकार सग तथा स्थानिय विज्ञ व्यक्तिहरु सग परामर्श गरी सहज बनाउने भुमिका खेल्ने छु ।

खेलकुदको बिकाश

स्पोर्ट फर अल तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने ।

भष्ट्राचारलाई रोकथाम

कानुनी कारबाही तथा जति भष्ट्राचार गरेको छ सो रकमको दोब्बर रकम दाखिला गर्ने नितीलाइ जोडदार गर्ने छु । त्यसो भएको खण्डमा भष्टाचार रोकथाम हुने बिश्वास लिएको छु । आफन्तबादलाइ पुर्णतया निस्तेज गराउने छु । दक्ष व्यक्तिलाइ अवसर दिने र त्यस्तो प्रबृधिबाट सम्पुर्ण व्यक्तिलाइ दक्ष बन्ने केही गरौ भन्ने भावन दिलाउने छु । १० जेलमा कैदी होइन सुधारकार्य तथा निर्माणमा लगानी बाटो निर्माण गराउन कैदीहरुलाइ लगाएमा दैनिक भत्ताको व्यवस्था गर्ने र निजको घर परिवारलाइ भत्ता रकम दिलाउने व्यवस्थाको लागि पहल गर्ने छू । त्यसो भएमा जेलमा पाल्नु पर्ने कैदीले समेत काम पाउने हुदा देश बिकासमा सबैको भुमिका अहम हुने र निजहरुको घरमा समेत आर्थिक बिकास हुने देखिएको छु ।

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ५५ बजे