रोल्पा । लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सभापति एवं बाम लोकतान्त्रिक गठबन्धनका साँझा रोल्पा क्षेत्र नं.२ (ख) का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले रोल्पामा नेकपा एमालेले चुनाव नजित्ने दाबी गरेका छन् । निर्वाचन परिचालन समिति क्षेत्र नं.१(क) रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । सभाको विशिष्ट अतिथी समेत रहेका पुनले रोल्पामा नेकपा एमालेले एक्लै चुनाव लडिरहेको र आफुहरु लोकतान्त्रिक बाम गठबन्धन गरेर चुनावमा भाग लिएकाले रोल्पामा एमालेको पक्षमा जनलहर नभएको बताए ।
‘मलाई त चुनाव निर्विरोध रूपमा अहिले नै जित्छु जस्तो लाग्छ । कसरी संसदलाई दुई–दुई पटक प्रतिगमन तिर लैजाने शक्तिलाई रोल्पाली जनताले भोट दिन्छ होला र ? मैले बुझेको छु रोल्पा क्षेत्र नं २ (ख) का जनताले बाम लोकतान्त्रिक गठबन्धन बाहेक रामको बुबा श्याम आएप्नी भोट दिदैन्न।’ पुनले भने ‘हाम्रो गठबन्धन भनेको चुनावपछी दुई तिहाईको सरकार प्रदेश र संघले पाउने हो ।’ उनले देशको विकास, समृद्धि, राजनीतिक स्थायीत्व, संविधानको संरक्षणका लागि आफूहरूलाई बिजय गराउनु अहिलेको आवश्यकता रहेको समेत बताउनु बताए ।
प्रतिक्रिया