रोल्पा । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति तथा लोकतान्त्रिक बाम गठबन्धनका रोल्पा क्षेत्र नं.२ का प्रदेशसभा सदस्यका प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले नेपाली जनताले किन गठबन्धन गरेका होला भनेर अचम्म मानेको बताएका छन् । रोल्पा नगरपालिका–६ को दार्बोटमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । भेटघाट कार्यक्रमको प्रमुख अतिथी समेत रहेका पुनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आधा कार्यकालमै दुई पटक संसद विघटन गरेकाले संविधानको रक्षा, स्थिरता र समृद्धिको लागि गठबन्धन गरि देशलाई निकास दिएको समेत बताए ।
‘अहिले हामी यो गर्छौं त्यो गर्छौं भन्दिनौँ पहिलो हामीलाई निर्वाचित बनाएर पठाउनुस त्यसपछि क्रमिक रूपमा विकासका ढोका खोल्ने छौं ।’ पुनले भने । साथै उनले संविधान रक्षाका लागि रोल्पामा कांग्रेस र माओवादी एक ठाउँमा उभिएको बताए । ब्राह बुँदे सम्झौता, सेना समायोजन, संविधान जारी गर्ने देखि गणतन्त्र स्थापना गर्नुमा पनि नेपाली कांग्रेस र माओवादीको नेतृत्वमा भएको उनको भनाई छ । ‘हामीलाई आफ्नो अमुल्य मतदान दिएर बिजय गराउनुस त्यसपछि तपाईंका विकासका एजेन्डा पुरा गर्न संघ र प्रदेशबाट मैले पहल गर्ने छु ।’ उनले भने । मङ्सिर–४ गते पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरुलाई अत्याधुनिक मतदान गरि सहयोग गर्न पनले आग्रह गरेका छन् ।
प्रतिक्रिया