कजाकिस्तान । क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्ताले एएफपीलाई भने, ‘मृत सिलहरूको शव फेला परेको छ।’
मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको जनाएको छ । शव परीक्षण गरिने र यस क्षेत्रको माटो र पानीको नमूनाहरू विश्लेषण गरिने काजाख वातावरण विशेषज्ञहरूले बताए ।
संसारको सबैभन्दा ठूलो अन्तरदेशीय पानी क्यास्पियन सागरमा अवस्थित यी सिललाई काजाख सरकारले नोभेम्बर २०२० मा लोपोन्मुख प्रजातिहरूको सूचीमा राखेको थियो । क्यास्पियन सागर पाँच देशहरू: रूस, काजाकिस्तान, अजरबैजान, इरान र तुर्कमेनिस्तानले घेरिएको छ ।
क्यास्पियन सागरको सिल जनसंख्या दशकौंदेखि अत्यधिक शिकार र औद्योगिक प्रदूषणको प्रभावबाट ग्रस्त छ ।
प्रतिक्रिया