Logo

विश्व

शान्ति बिना जलवायु नीति प्रभावकारी हुँदैन् : जेलेन्स्की


२३ कार्तिक २०७९, बुधबार  

391
Shares

किभ । युक्रेनमा रूसी आक्रमणले विश्व सरकारहरूलाई जलवायु परिवर्तनसँग लड्ने प्रयासबाट विचलित गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।  मंगलबार इजिप्टमा कोप २७ जलवायु सम्मेलनमा  एक भिडियो सन्देशमा राष्ट्रपति भने ।

युक्रेनमा रूसले गरेको आक्रमणको विश्वव्यापी ऊर्जा आपूर्ति, खाद्यान्नको मूल्य र युक्रेनको जंगलमा परेको प्रभावलाई प्रकाश पार्दै उनले भने, ‘शान्ति बिना कुनै जलवायु नीति हुन प्रभावकारी सक्दैन ।’

‘रुसी युद्धले एक ऊर्जा संकट ल्याएको छ जसले दर्जनौं देशहरूलाई आफ्ना जनताको लागि ऊर्जा मूल्य  कम गर्न कोइलाबाट चल्ने ऊर्जा उत्पादन पुन: सुरु गर्न बाध्य पारेको  ।’ केही दिनअघि रुसले गरेको आक्रमणमा युक्रेनलका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ३१ बजे