रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धनबाट रोल्पा क्षेत्र ‘ख’ का प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले देशको परिवर्तनको लागि रोल्पा रुकुमले ठूलो भूमिका खेलेको बताए । संयुक्त चुनावी सभालाई परिवर्तन गाउँपालिका–३ बागमारामा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै पुनले परिवर्तन कसैको लागि नभएर देशको परिवर्तनको लागि भएको बताएका हुन् । रोल्पा रुकुमले परिवर्तनको लागि संघर्ष, योगदान, त्याग तपस्या गरेको समेत उल्लेख गरे । उनले हिजो माओवादी र कांग्रेसको वर्ग दुश्मन जस्तो ब्यावहार भएता पनि आज त्यो संस्कारबाट माथी उठेर देशमा स्थायित्वको अमन चयन गराएको समेत बताए ।
देशको परिवर्तनका लागि २०५२ साल देखि महान जनयुद्ध सुरु भएको र २०६२/०६३ सालमा कांग्रेसको नेतृत्वमा शान्ति सम्झौता भएर देशमा शान्तिपूर्ण वातावरण बनेको समेत बताए । साथै माओवादीले कांग्रेसलाई भोट हाली सकेको र कांग्रेसले पनि माओवादीलाई भोट हाली सकेको समेत उनले बताए । पुनले भने ‘संविधान बनाउन सफल भयौं, शान्ति सुरक्षा कायम गरियौं, चुनाव बनाउन सफल भयौं । यो देशको समृद्धि, शिक्षाबाट पछी छ रोल्पा, बाटो घाटोमा अझै सोचेको जस्तो विकास भएको छैन ।’ हिजोका दिनमा भएका मुद्दाहरु नेपाली कांग्रेस र माओवादीको सहकार्यमा अगाडि बढेको समेत जिकिर गरेका छन् ।
उनले देशमा रोजगारको अवसर नभएर युरोप तथा खाडी मुलुकमा जानुपर्ने बाध्यता रहेको र देशमै बसौं बसौं भन्ने खालको वातावरण बनाउनु पर्ने अवस्था आएको समेत बताए । रोल्पाको विकास र समृद्धिका लागि प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय उप–महासचिव बर्षमान पुन (अन्नत) र प्रदेश सभामा ‘ख’ बाट अमरसिंह पुनलाई मतदान गरि बिजय गराउन समेत आग्रह गर्दै प्रतिनिधि सभाका समानुपातिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरुलाईपनि बिजय गराउन आग्रह गरे ।
रोल्पाका समस्याहरुलाई एक ठाउँमा उभिएर उठाउने समेत बताए । परिवर्तन गाउँपालिकाका बासीलाई मङ्सिर–४ मा आफ्नो अमुल्य भोट दिएर जिताउन समेत आग्रह गरेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका संयुक्त चुनावी सभा कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जयपुरी घर्ती मगरले हिजोको लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनले गर्दा आज संविधान, सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको बताउदै, आज ७ वटा प्रदेश र ७५३ पालिका स्थापना भएको समेत उनले बताइन् । अहिले कुनै पनि काम राजनीतिक दलको भनसुनमा हुने भन्दै त्यसको अन्त्य हुनुपर्ने उनको भानई छ ।
रोल्पाले परिवर्तनको लागि ठूलो योगदान पुर्याएको र यहाँका शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, खानेपानी, लगायतको विकास गर्नुपर्ने आवश्यक रहेको बताइन् । ‘हामी शान्ति प्रक्रियामा आउँदा रोल्पामा सडकहरु थिएन्न, गाउँ गाउँमा बाटोहरु थिएन्न ।’ उनले भनिन्, ‘अहिले धेरै विकासको अनुभूति भएको छ ।’ उनले अब रोल्पाका सडकहरु स्तरउन्नति गर्नु जरुरी रहेको समेत बताइन् । अबको बिजय हुने उम्मेद्वारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रतिक्रिया